काेइला खानीले लियाे १३ जनाकाे ज्यान



प्राग : चेक रिपब्लिकको पूर्वी क्षेत्रमा रहेको एक कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको खानी मजदूरको मृत्यु हुनुका साथै अरु १० जना घाइते भएका छन् । 

ओकेडी माइनिङ कम्पनीका प्रवक्ता इभो सेलेचोभ्स्कीले मारिएका १३ जनामा ११ जना पोल्यान्डका र दुई जना चेकोस्लोभाकियाका रहेको जानकारी दिए ।

उक्त दुर्घटना बिहीबार अपराह्न राजधानी प्रागबाट करिब ३ सय किलोमिटर पूर्व काराभिना सहरको सीएसएम खानीमा भएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ । 

चेक रिपब्लिकसमेत पूर्वी युरोपका देशहरुमा ठूलो संख्यामा सञ्चालनमा रहेका कोइला खानीमा निकै जोखिम हुने गरेको एएफपीले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस्