थुनामुक्त हुँदै दीपक मनाङे



काठमाडौं : गुन्डा नाइके दीपक मनाङे थुनामुक्त हुनेका भएका छन् । सर्वोच्च अदालतको आदेशपछि उनी थुनामुक्त हुन लागेको कारागार व्यवस्थापन प्रमुख अरुण पोख्रेलले बताएका छन् ।

 

मनाङेले ज्यान मार्ने उद्योगमा डिल्लीबजार कारागारमा कैद सजायँ भुक्तान गरिरहेका थिए । ‘सर्वोच्चको पत्र आइसकेको छ, बाँकी प्रक्रिया मिलाएर आजै छोड्छौं,’ पोख्रेलले शुक्रबार दिउँसो भने ।

 

गत निर्वाचनमा मनाङे मनाङ जिल्लाबाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनलाई तत्कालीन नेकपा एमालेले उम्मेदवारका रुपमा समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्