सन्दीपको पहिलो ओभरमा दुई विकेट, सेन वाटसन पनि बने सिकार



काठमाडौं : अस्ट्रेलियन बिग बास लिगअन्तर्गत खेलिरहेका सन्दीप लामिछानेले आफ्नो क्लबका लागि पहिलो ओभरमै सेन वाट्सन र कलुम फर्गुसनको विकेट लिएका छन् ।

मेलवर्न स्टार्सका तर्फबाट खेलिरहका सन्दीपले सिड्नी थन्डर्सविरुद्धको खेलमा आफ्नो पहिलो ओभरमा ३ रनमात्र दिई २ विकेट लिएका हुन् । उनले पहिलो ओभरको दोस्रो बलमा सिड्नीका कप्तान वाट्सनलाइ क्याच आउट गराएका थिए भने ओभरको अन्तिम बलमा फर्गुसनलाइ कट एन्ड बोल्ड आउट गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्