सन्दिपले लिए बिग बासमा डेब्यू खेलको पहिलो ओभरमै २ विकेट



अष्ट्रेलियाको उच्च डिभिजनको लिग बिग बासको डेब्यू खेलमै नेपालका लेग स्पिनर सन्दिप लामिछानेले २ विकेट लिएका छन् । 

 

क्यानबेरामा जारी खेलमा सिड्नी थण्डरविरुद्ध मेलबर्नले टस जितेर फिल्डिङ रोजेको हो । सिड्नी थण्डरविरुद्धको खेलबाट डेब्यू गरेका सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिएका हुन् । उनले ३ ओभरमा २ विकेट लिँदै सिड्नी थण्डरलाई ३६ रन दिएका हुन् । 

 

ग्लेन म्याक्सवेलको कप्तानीमा मेलबर्न र सेन वाट्सनको कप्तानीमा सिड्नी मैदानमा उत्रिएका हो । 

प्रतिक्रिया दिनुहोस्