मोरङबाट दुई फरार प्रतिवादी पक्राउ 



विराटनगर : मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले अदालतबाट दोषी ठहर गरेर फरार दुई प्रतिवादीलाई पक्राउ गरेर शुक्रबार अदालतमा पेश गरेको छ । 

 

मोरङको रंगेली नगरपालिका ७ का ६५ वर्षीय सिंगेश्वर मण्डल र सुनवर्षी नगरपालिका ४ का ६५ वर्षीय सुकदेव सहनीलाई पक्राउ गरिएको रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए । 

 

मण्डलविरुद्ध छिमेकी लक्ष्मी मण्डलको घरमा २०६१ सालमा आगो लगाएको घटनामा आगजनी मुद्धा चलाइएको थियो । 

 

२०६८ सालमा जिल्ला अदालत मोरङले उनलाई चार वर्ष कैदको फैसला गरे पनि घटना यता भने फरार रहेको प्रहरीले जनाएको छ । 

प्रहरी निरीक्षक कार्कीका अनुसार कुटपिट मुद्धामा फरार रहेका सहनीलाई पनि गाउँघरबाटै पक्राउ गरिएको हो । 

 

उनलाई पनि जिल्ला अदालत मोरङले २०६८ सालमा दुई महिना कैद र एक हजार रुपैयाँ जरिवाना गरेको थियो । 

 

अदालतको फैसला यता सहनी फरार रहेका थिए । पक्राउ गरेर प्रहरीले बुझाएपछि अदालतले दुबै जनालाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्