महिलाको कपाल मुडेर जुत्ताको माला लगाउने तीन पक्राउ



राजविराज : चरित्रहीनको आरोप लगाउँदै ५१ वर्षीया महिलाको कपाल मुडेर जुत्ताको माला लगाउने तीन जना पक्राउ परेका छन् ।

शनिबार राति पीडितको कपाल मुडेर जुत्ताको माला लगाएर अमानवीय व्यवहार गर्ने खडग नगरपालिका–२ सिस्वा बेल्हीका ५५ वर्षीय रूपनारायण राम, ३५ वर्षीया अहिल्यादेवी राम र १८ वर्षीय सुनील रामलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो ।

 

चरित्रहीनको झुठो आरोप लगाउँदै अभद्र र अमानवीय व्यवहार गरेको भन्दै पीडितले गुनासो गरेपछि उनीहरु पक्राउ परेका हुन् ।

 

आरोपितहरूलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्