संविधान दिवसको विरुद्धमा विरोध प्रर्दशन गर्ने राजपाको निर्णय



केन्द्रीय सरकारलाई समर्थन र प्रदेश २ मा आफ्नै सरकार बनाएको मधेसवादी दल राष्ट्रिय जनता पार्टी राजपाले संविधान दिवसको विरोधमा वि।रोध प्रर्दशन गर्ने निर्णय गरेको छ ।  मंगलवार सकिएको सो पार्टीको दुई दिने अध्यक्ष मण्डल बैठकले ३ असोजको दिउसो विरोध प्रर्दशन र विरोधसभाहरु गर्ने निर्णय गरेको छ । सरकारले धुमधामका साथ संविधान दिवस मनाउने तयार िगरिरह्दा राजपाले त्यसको विरुद्धमा त्यही साझ बत्ती निभाएर ब्लायक आउट पनि गने मधेशका आम नागरिकसंग अपिल गरेको छ ।

राजपा बैठक पश्चात संयोजक महन्थ ठाकुरद्धारा जारी गरिएको विज्ञिप्तमा त्यसको साथैको तल्लो तहलाई व्यवस्थीत गर्न विभिन्न तहको बैठकहरु समेत गरेर केन्द्रिय कार्यलयलाई जानकारी गराउन भनेको छ । राजपाले यस अघि नै आउदो बैशाखमा महाधिवेशन गर्ने निर्णय गरिसकेकाले पार्टीलाई यस्तो निर्देशन दिएको छ ।

सरकाराई समर्थन गरे पछि संविधान संशोधनका लागी सतारुढ दलले प्रयास नगरे भन्दै राजपा पछिल्लो समयमा असन्तुष्ट रह्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्