सोमालियामा लडाकुमाथि कारबाही, ११ जनाको मृत्यु



मोगादिसु (सोमालिया) : सोमालियाको राजधानीबाहिरको इलाकामा बुधबार अमेरिकी सेनाले गरेको दुईवटा हवाई कारबाहीमा अल–सबाबसँग आबद्ध कम्तीमा ११ जना लडाकुहरु मारिएको अमेरिकी सेनाले जनाएको छ । 

सोमालियाको राजाधानी मोगादिसुबाट करिब ४० किलोमिटर उत्तरस्थित बेलेद अमिन भन्ने स्थानमा गरिएको हवाई आक्रमणमा ती लडाकु मारिएको युएस अफ्रिका कमान्ड (अफ्रिकम) द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

 

सोमालियाको सरकारी फौज र अफ्रिकी युनियन मिसन (अमिसोम) मा खटिएका सेनाले अल–सबाबका सैनिक अखाडा नष्ट गर्नेगरी कारबाही गरिरहेकाे बताइएको समाचार एजेन्सीले जनाएका छन् । कारबाहीका क्रममा अमेरिकी र अन्य सैन्य टोलीमाथि कुनै किसिमको क्षति नभएको विज्ञप्तिमा उल्लेख छ । 

सोमालियाको राजधानी मोगादिसुलाई लक्षित गरी अल–सबाबले आक्रमण गर्ने योजना बनाएको अमेरिकी दाबी छ ।

प्रतिक्रिया दिनुहोस्