कांग्रेस कुनै न कुनै बेला राजतन्त्रको पक्षमा आउँछ : अध्यक्ष थापा



काठमाडाै‌ं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कुनै न कुनै बेला नेपाली कांग्रेस राजतन्त्रको पक्षमा आउने बताएका छन् ।  शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले तत्कालै राजतन्त्रको पक्षमा कांग्रेस नआएपनि कम्युनिष्टहरुको विकल्पमा आफूलाई प्रस्तुत गर्न कै लागि राजतन्त्रको पक्षमा आउने दाबी गरे । 

 

थापाले तत्कालको लागि भने हिम्मत गरेर हिन्दु राष्ट्र पुनस्थापनाको पक्षमा आउन आग्रह गरे । कांग्रेसको जारी महासमिति बैठकमा हिन्दू राष्ट्र फर्कनेबारे बहस हुँदा खुशी लागेको उनले बताए । उनले कांग्रेसले हिन्दुराष्ट्रको पक्षमा आए राप्रपा सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्