अस्ताईन नेकपा नेतृ एवंम् पूर्व सभासद कमला सुवेदी



काठमाडौं : नेकपा नेतृ एवंम् संविधानसभा सदस्य कमला सुवेदीको आज (शनिवार) बिहान निधन भएको छ। सुवेदीको ५१ वर्षको उमेरमा घरमै निधन भएको पारिवारिक श्रोतले बताएको छ । सुवेदी लामो समयदेखि ब्रेन ट्युमर पीडित थिइन्।

उनको ब्रेन ट्युमर रोग देखा परेपछि लामो समय मेडिसिटी अस्पतालमा उपचार गराइएकोभए पनि खासै उपलब्धि भएको थिएन । पछिल्लो पटक सिभिल अस्पतालमा लगिएपनि उनको उपचार सम्भव नभएपछि घरमै राखिएको थियो । उनको आज शनिबार बिहानै पशुपतिनाथमा दाहसंस्कार गरिएको छ। सुवेदीको पार्थिव शरिरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका छन्।

सुवेदीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आर्यघाटमा पार्टीका नेता कार्यकर्ता पुगेका थिए। उनी नेकपा एमाले रामेछाप(काठमाडौ सम्पर्क मञ्च अध्यक्ष, जिल्ला कमिटी सदस्य हुँदै तत्कालीन नेकपा एमालेकी केन्द्रीय सदस्य भएकी थिइन्। सुवेदी संविधानसभामा समानुपातिक सांसद बनेकी हुन्। वि.सं २०२५ सालमा रामेछापको बावियाखर्कमा जन्मिएकी सूवेदीका श्रीमान्, एक छोरी, एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्