रवि ओड बने दोस्रो नेपाल आइडल



काठमाडौं : नेपाल आइडल सिजन–२ को उपाधी सुदूरपश्चिमका रवि ओडले जितेका छन् । ललितपुरस्थित नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको खेल मैदानमा भएको फाइनलमा धनगढीका रविले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी जितेका हुन् ।  

रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फर्स्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् । 

यस्तै सुमित पाठक सेकेण्ड रनर अप भएका छन् भने अस्मिता अधिकारी थर्ड रनर अप भएकी छिन् ।

सुमितले १२ लाख बराबरको चेक प्राप्त गर्दा अस्मिताले होन्डाको तर्फबाट स्कुटर पाएकी छन् । 

प्रतिक्रिया दिनुहोस्