स्वास्थ्य परीक्षण



बनेपा : बनेपा नगरपालिका–५ को आयोजना तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा वडाभित्रका २३३ ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको उपलक्ष्यामा ‘पूर्वीय दर्शन र आयुर्वेद चिकित्सा सम्बद्ध एवं स्वस्थ नेपालको आवश्यक्ता’ भन्ने नारासाथ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, पोषण आहार तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

सो क्रममा वडाभित्रका २३३ ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै पोषण आहार वितरण तथा सम्मान गरिएको वडाध्यक्ष बलराम अधिकारीले बताए ।

“ज्येष्ठ नागरिकको रक्तचाप, गानोगोला, पेटको समस्या र नशासम्बन्धी समस्याको परीक्षण गरिएको छ”, अध्यक्ष अधिकारीले भने, “परीक्षण गरिएकामध्ये केहीको थप उपचारका लागि जिल्ला आयुर्वेद स्वाथ्य केन्द्रले व्यवस्था मिलाएको छ ।” रासस

प्रतिक्रिया दिनुहोस्