मध्यरातमा एकल युवती


काठमाडौं :  मध्यरातको समय थियो, एकजना युवती आफ्नो घर जनाको लागि ट्याक्सी स्ट्यान्ड्मा पुगिन् । तर त्यहाँ कुनै ट्याक्सीहरू थिएनन् । युवती एकदम डराएकी थिइन । घडीमा पनि रातको १२:४७ बजेको थियो ।

सडकमा केवल बुस्या कुकूरहरू बुकिरहेको थिए । टिर्र(टिर्र गर्दैं रातको झ्याउकिरीहरू पनि कराउँदै थिइन् । त्यतिकैमा युवतीको नजर उताबाट आइरहेको एउटा केटामा पर्छ । अध्याँरो भएकाले टाढाबाट त्यति राम्रा चिन्न सकेन ।

युवती झन् डराउन थालिन् । केटा युवतीको नजिक आइपुगे । घाँटीमा सिक्री, हातमा पनि सिक्री, खुट्टामा बुट, कान र आँखाको माथिल्लो भागमा रिङ्ग् झुण्ड्याएको, केटा हेर्दा त गुण्डा जस्तै देखिन्थ्यो । उसलाई देखेर युवती डरले थर(थर काँपिन्, मनमा एउटै प्रश्न गरी(गरी गुमिरहे, “लौ न, मलाई के पो गर्ने हो?” “ना ना ना नानी, क क कहाँ जाने हो, आउनुस् बस म पु पु पुर्याइदिन्छु ।” केटी तर्फ हेर्दैं ट्रक ड्राईभरले जीव्रो लड्बडाउँदै भनिन् ।

रक्सी पनि ढङ्(ढङ्ती गनाइरहेका थिए । त्यो युवकले पनि धेरै रात भएकाले अब ट्याक्सी आउँदैनन् र यसै ट्रकमा जाउँ भनी युवतीलाई आग्रह गरिन् । युवती आफ्नो अंगरक्षक गर्ने युवकलाई डराएको आवजमा त्जबलप थयग भन्दैं ट्रकको क्याबिन सिट्मा बसिन्, किनकि अब ट्रक ड्राईभरले के गर्ने हो, उनीलाई थाहा थिएन ।

घरसम्म त जसरी नि पुग्नु पर्ने थियो । दिनमा भएको धेरै वर्षातका कारण घरमा कल गर्नलाई फोनको नेटवर्क पनि थिएन । यता गुण्डा जस्तो देखिने युवक भने विपरित दिशातिर जानु परेकोले कुनै सवारी साधन नआएसम्म पर्खनु पर्ने भयो। कतै समस्यमा परेपनि गुहार माग्ने नजिकमा अरु कोही थिएनन् । गुण्डा जस्तो युवक युवतीको नजिक आएर भन्छ, “किन डराउनु भएको, बहिनी! ढुक्का होउ, म तिमीलाई केही गर्दिन ।

अध्याँरोमा तिमी माथि मौका छोप्न खोजेको होइन । तिमी एउटा नारी हौ । रातको समय युवतीहरुलाई त्यति राम्रो हुँदैंन । त्यसैले जबसम्म यहाँ ट्याक्सी आउँदैन, तबसम्म म तिम्रो अंगरक्षक भएर बस्छु।”केही बेरपछि त्यहाँ तिब्र गतिमा आएर एउटा ट्रक गचक्क रोकिए। ट्रक ड्राईभर पनि मापासेले गर्दा मातिएको थियो । ट्रक आफ्नो गतिमा गुडिरहे ।

ड्राईभर युवती तर्फ आँखा पुलक(पुलुक पार्दैं हेरिन् । विचरी युवती डराएर बसिरहेकी थिई । कतै ड्राईभर मोरोले केही गर्यो भने ह्यान्ड्ब्यागले हिर्काएर आफू बच्ने आँट समेत गरेका थिइन् । ड्राईभरले मन्द बोलीमा ओठ लडबडाउँदैं भनिन्, “हेर्नुस् नानी, ती ती ती तिमी त मेरो बहिनी जस्तै हुन्, डराउनु प प प पर्दैंन ।

रातको समयमा एकजना मात्र के के के केटी ट्याक्सी स्ट्यान्ड्मा देखेर मैले ट्रक रोकेको हो, कि कि कि किनकि आजकाल जमना एकदम खराब छ ।” केही समयपछि ट्रक केटीको घर एरियामा आएर रोकिन् । युवतीले ड्राईभरलाई भाडा कति भयो भन्दै आफ्नो ह्यान्ड्ब्यागबाट बेरिएको ५०० रुपैंयाँ निकालीन् । तर ड्राईभरले भाडा लिन मना गरे ।

बरु रातमा एक्लै यात्रा कहिल्यै नगर्नु भनेर युवतीलाई सम्झाइन् । युवतीले पनि त्जबलप थयग दाइ, तपाई पनि जाँड रक्सी धेरै नपिउनु भन्दै ट्रकको क्याबिनबाट तल बुर्लुक्क ओर्लिए । युवती घरसम्म पुग्न त्यहाँबाट पनि केही समय गल्लीको बाटो हिँडेर जानु पर्दथ्यो । स्ट्रिट लाइट नभएकाले गल्लीको बाटोहरू अध्याँरो थियो ।

युवती गल्लीको हिलो बाटो हुँदै आफ्नो पाईलालाई अगाडि लम्काइन् । उताबाट एकजना बसको खलासी चुरोट तान्दैं मोबाईलको टर्च बालेर आइरहेको थिए । केटी फेरि पनि डराइन्, किनकि रातको समयमा एक्लो युवती कहाँ र कतिखेर के हुन्छ भन्न सकिन्न थियो । खलासी चुरोटको एकसट तान्दैं युवती नजिक आइपुगिन् ।

“यस्तो अध्याँरो र हिलम्मे बाटोमा एक्लै कहाँसम्म जान लागेको, दि ! जाउँ, म पुर्याइदिन्छुस डराउन पर्दैंन।” खलासीले युवतीलाई टर्च बालेर युवतीकै घरसम्म पुर्याएर फर्किन् । अरुभन्दा नि रातको समयमा एउटा युवती सुरक्षाका साथ घरसम्म पुग्न सफल हुँदा युवतीको परिवारहरू खुशी थिए । पोष्ट स्क्रिप्टः यो कथा मेरै देशको हो, साँच्चि यस्तै भन्ने दिन आईदिए‘।

दावा तेन्पा शेर्पा मझेरी डटकम ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : संघीय संरचनाअनुसार भर्खरै निर्मित प्रदेश सरकारका मन्त्रीहरु छोटो समयमै निकै चर्चामा आइरहेका छन्

काठमाडौं : नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी

काठमाडौं : हत्याको अभियोगमा १७ वर्ष अघिदेखि फरार रहेका दुईजना अभियुक्तलाई साँखु प्रहरीले पक्राउ गरेको

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतले हालै सार्वजनिक

काठमाडौं : नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषयमा नेपालमा चर्को विरोध

काठमाडौं : नेपाली सेनाका एक प्राविधिक सेनानी समयमा कार्यालयमा हाजिर नहुँदा कारबाहीमा परेका छन् ।

काभ्रे : बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको

काठमाडौं : बंगलादेशको राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि काठमाडौंको सडक चिटिक्कै पारेर सजाइएको छ ।

कठमाडौं : महानगरीय प्रहरी वृत्त बौद्धले अघोरी बाबा अर्थात विजय केसीलाई पक्राउ गरेको छ ।

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा. गोविन्द केसीले उठाएका मुख्य माग

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आयोग नेतृत्वको टुंगो लगाएको