दाङ दुर्घटना अपडेट: मृतकको संख्या २२ पुग्यो



काठमाडौं: घोराहीस्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयको बा.४ख ९७६६ नम्बरको बस शुक्रबार दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । १५ घाइते भएका छन् । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरेर फर्किने क्रममा अपराह्न ५ बजे तुल्सीपुर–३ राम्रीमा बस भिरबाट खसेको हो ।

 

मृतकहरू अधिकांश विद्यार्थी रहेको अनुमान गरिएको छ । उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय तुल्सीपुरका असइ प्रमोद भण्डारीले मृतकको सनाखत हुन नसकेको बताए । राति अबेरसम्म पनि उद्धार कार्य जारी रहेको उनले बताए । घाइते दुईजनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने १३ जनालाई बाँकेको कोहलपुर रेफर गरिएको छ ।

 

 

सडकबाट ५ सय मिटर तल बस खसेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । माथिबाट ढुंगा खस्ने समस्या भएकाले पनि उद्धार जटिल भएको दाङका सिडिओ गोविन्दप्रसाद रिजालले बताए ।

 

हामफालेर ज्यान बचाएकी घाइते हिमाली हमाल भन्छिन्–हेर्दाहेर्दै बस भिरबाट खस्यो

 

 ओरालो सडकमा गाडी अगाडि बढ्दै थियो । एक्कासि गाडी अनियन्त्रित हुँदै भिरतर्फ बढेपछि सबै आत्तियौँ । चालकले गाडी नियन्त्रण गर्न सकिरहेका थिएनन् । हामी केहीले झ्यालबाट हामफाल्यौँ । एकैछिनमा भिरबाट खस्यो । गाडीमा १६ जना त हामी जुम्लाका मात्रै थियौँ ।

 

तुल्सीपुर उपमहानगरपालिका–३ का वडाध्यक्ष विजय विकले दुर्घटनामा ज्यान गुमाएका १२ जनाको शव स्थानीयले निकालेको बताए । ‘१६ वटा शव उठाएर अस्पताल पठाइएको छ, अरू ५ शव दुर्घटनास्थलमा फेला परे पनि निकाल्न सकिएको छैन,’ विकले भने, ‘अँध्यारो छ, भौगोलिक अप्ठ्यारोका कारण पनि उद्धारमा समस्या भएको हो ।’ केही शव गाडीले चेपिएको अवस्थामा रहेकाले निकाल्न नसकिएको उनले बताए । उपचारका क्रममा एक घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयले यसै वर्ष वनविज्ञान अध्यापनका लागि स्वीकृत पाएको थियो । घोराही १७ गैरागाउँस्थित प्राथमिक विद्यालयका कोठा प्रयोग गरेर सञ्चालन भइरहेको शिक्षालयमा ४० विद्यार्थी थिए ।

 

हामफालेर ज्यान बचाएकी घाइते हिमाली हमाल भन्छिन्–हेर्दाहेर्दै बस भिरबाट खस्यो

 

 ओरालो सडकमा गाडी अगाडि बढ्दै थियो । एक्कासि गाडी अनियन्त्रित हुँदै भिरतर्फ बढेपछि सबै आत्तियौँ । चालकले गाडी नियन्त्रण गर्न सकिरहेका थिएनन् । हामी केहीले झ्यालबाट हामफाल्यौँ । एकैछिनमा भिरबाट खस्यो । गाडीमा १६ जना त हामी जुम्लाका मात्रै थियौँ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्