सुत्केरी बचाउन २ लाख २५ हजारमा जहाज चार्टर



काठमाडौं: चार दिनकी सुत्केरीको रक्तस्राव नरोकिएपछि जाजरकोटमा एक महिलालाई थप उपचारका लागि जहाज चार्टर गरी नेपालगन्ज लगिएको छ। जाजरकोट अस्पताल पुर्‍याइएकी जाजरकोट भेरी नगरपालिका–३ ठाँटीकी प्रतिभा पुन थापालाई जहाज चार्टर गरी शुक्रबार नेपालगन्ज पुर्‍याइएको हो।

 

२ लाख २५ हजार रुपैयाँमा तारा एयरको जहाज चार्टर गरी उनलाई उपचारका लागि लगिएको हो। उनको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । प्रतिभाले चार दिनअघि भेरी अञ्चल अस्पतालमा नर्मल डेलिभरीबाट छोरा जन्माएकी हुन्। बिहीबार घर फर्किएको केही समयपछि रक्तस्राव बढ्दै गएपछि उनी बेहोस भएकी थिइन्। तत्काल जाजरकोट अस्पताल पुर्‍याइए पनि दक्ष चिकित्सक र उपकरण अभावमा उनको उपचार हुन सकेको थिएन।

 

अस्पतालले नेपालगन्ज रिफर गरिदियो। ‘सुत्केरीको ज्यान बचाउन छिटो सुविधा सम्पन्न अस्पताल लैजान जाजरकोट अस्पतालका डाक्टरले सल्लाह दिए’, श्रीमान् पदम थापाले भने, ‘तर कसरी लैजाने रु स्थलमार्गबाट लैजाँदा कम्तीमा ५ घण्टा लाग्छ, त्यसैले जहाज चार्टर गर्नुपर्‍यो।’

 

जाजरकोटमा हवाई मैदान नभएको हुँदा आधा घण्टा गाडीमा र थप आधा घण्टा हिँडाएर रुकुमको चौरजहारी विमानस्थलमा जहाज झिकाएर नेपालगन्ज लगेको उनले बताए। उनले भने, ‘जहाज चार्टर नगरेको भए श्रीमतीलाई बचाउन गाह्रो पथ्र्यो। आमा र बच्चाको अवस्था अहिले सामान्य छ।’

 

जाजरकोट अस्पतालका प्रमुख डा.राजेन्द्र लामाले सुत्केरीको अवस्था जटिल भएकाले थप उपचारका लागि रेफर गरिएको बताए। १५ शड्ढयाको जिल्ला अस्पताललाई तीन वर्षअघि नै स्तरोन्नति गरेर ५० शड्ढयाको बनाइए पनि कागजमै सीमित भएको छ।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बाल तथा स्त्रीरोग विशेषज्ञ पठाएर जटिल खालका शल्यक्रियालगायत प्रसूति सेवा गर्ने निर्णय भए पनि कार्यान्वयन नहुँदा बिरामी समस्यामा पर्ने गरेका छन्। ५० शड्ढयाको अस्पतालमा ब्लड बैंकसमेत छैन भने अन्य उपचार सेवा झारा टार्ने खालको मात्र छ । अधिकांश बिरामी रेफर हुने गरेका अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्