अायल निगमकाे प्रबन्ध निर्देशक बन्न खाेज्नेकाे ताँती, १७ जनाकाे अावेदन



काठमाडौं : लामो समयदेखि रिक्त नेपाल आयल निगमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाको आवेदन परेको छ । निगमले गत भदौ २९ मा निगमको प्रबन्ध निर्देशक लागि आवेदन माग गरेको थियो।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीका अनुसार १५ दिनको समयसीमा राखेर आवेदन माग गरिएकाेमा उक्त संख्याका इच्छुकले आवेदन पेस गरेका छन्। आवेदन दिनेहरूमा नेपाल खाद्य संस्थानका पूर्वमहाप्रबन्धकदेखि, निगमकै अधिकारीसम्म रहेका छन्।

 

उदयपुर सिमेन्ट लिमिटेडका प्रमुख सुरेन्द्र पौडेल, नेपाल विद्धुत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक मुकेश काफ्ले, खाद्य संस्थानका पूर्वमहाप्रबन्धक डा. शिवहरी श्रेष्ठ, निगमकै प्रबन्धक प्रलयंकर आचार्यलगायत छन्।

 

प्राप्त आवेदनलाई अब मन्त्रालयद्वारा गठित मूल्यांकन समितिले उपयुक्त छनोट गरी मन्त्रिपरिषद्समक्ष सिफारिस पेस गर्नेछ। समितिको सिफारिसमा आधारित रहेर मन्त्रिपरिषद्ले प्रबन्ध निर्देशकको नियुक्तिको निर्णय गर्ने व्यवस्था छ।

 

गत जेठ २३ मा गोपालबहादुर खड्काले प्रबन्ध निर्देशकबाट राजीनामा दिएसँगै उक्त पद रिक्त छ। त्यसयता निगमकै ११ औं तहका सुशील भट्टराईले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्