सिस्नोपानीले यसरी लगायोे सिंखडालाई सिस्नो



काठमाडौ : हरेक वर्षजस्तै यसपाली पनि सिस्नोपानी नेपालले देउसी भैलो कार्यक्रम गर्दैछ । तिहारको छेकोमा गर्ने यो हास्यव्यंगात्मक कार्यक्रममा प्रधानमन्त्री सहित देशका राजीतिक व्यक्तित्व र अन्य प्रतिस्थित व्यक्तिहरुको सहभागिता रहन्छ ।

यस विषयमा सिंखडाले माथिको आदेशका कारण तपाईंको प्रस्तुति राख्न सकिएन भन्दै सिस्नुपानीले आफूलाई नबोलाएको बताएका थिए । यस विषयले बजारमा चर्चा पाएपछि सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नामेले मुख खोलेको हुन ।

सरकारका उच्चपदस्थ अधिकारीहरू उनको व्यंग्यबाट रूष्ट बनेको भन्दै यसपटक टिममा सहभागी भए कार्यक्रम हेर्न नआउने जानकारी गराएपछि सिस्नोपानीले उनलाई टिमबाट हटाएको कुरा बाहिर आएको थियो ।

यस्तो कार्यक्रममा प्रस्तुती दिन पाउनु भाग्यकै कुरा हुन्छ । पहिलो दुई वार्षदेखि कविता विधामा आफ्नो प्रस्तुती दिदै आएका शैलेन्द्र सिंखडाले यसपाली प्रस्तुती दिन नपाउने कुरा बाहिर आएपछि उनले यसको विरोध जनाएका थिए ।

२२ वर्षदेखि यस्तो प्रस्तुती दिदै आएको यो प्रस्तुतीमा उनी दुईवर्षदेखि मात्रै जोडिएको र उनी सिस्नोपानी नेपालको सदस्य नभएको कुरा अहिले बाहिर आएको छ । सिस्नोपानी नेपालका अध्यक्ष गाम्नामेले एक विज्ञप्ति नै निकालेर समाचारमा आएका जस्तो सिंखडालाई टिमबाट ननिकालेको बताएका छन् । अध्यक्ष गाम्नामेले कार्यक्रममा कसलाई प्रस्तुती दिन दिने वा नदिने संस्थाको अधिकार भएकोले यस विषयलाई अतिरन्जित तरिकाले प्रचारप्रसार भएको बताएका छन् ।

उनले विज्ञप्तिमा भनेको छन् कवि जस्तो बौद्धिक व्यक्तिले कुनै मञ्चबाट कविता सुनाउन नपाएकै कारण संस्थालाई गाली गर्नु वा भ्रामक प्रचार गर्नु दुखद कुरा हो । सिंखडाजी कसैको दबाबमा सहभागिताबाट बञ्चित गराईएको होईन ।

सिस्नोपानी नेपालले कसैको दबाबामा र प्रभावमा परेरआफ्नो सिद्धान्त र निष्ठाबाट विचलित हुने संस्था होईन । निरंकुश तन्त्रको विरुद्ध समेत लडेर आएको संस्था हो । हामी विकृति, विसंगति विरुद्ध निरन्तर काम गर्न प्रतिवद्ध छौ । हास्यव्यंग्यका नाममा ठाडो गाली गलौज,अश्लिलता, महिलाहरुमाथि अपमान, जातजाति, धर्म संप्रदायप्रति कटाक्ष गर्ने र समाजमा नकारात्मकता फैलाउने गलत परम्परा विरुद्ध संस्थाले स्थापनाकालदेखि नै काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्