दोस्रो कोञ्ज्योसोम अध्यक्षकप फुटबल प्रतियोगिता शुरु



ललितपुर : दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले चारघरेको काम्लेचौरमा दोस्रो कोञ्ज्योसोम अध्यक्षकप फुटबल प्रतियोगिता शुरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूलनाराको साथ अघि बढेको सो प्रतियोगिता भोलिसम्म चल्नेछ ।

ललितपुर जिल्लामा खेलकूदको थप विकास, प्रवद्र्धन र विस्तारको लागि सक्दो सहयोग गर्ने सांसद नवराज सिलवालले बताए । उनले भने, “खेलकूद विकासबाट नै राष्ट्रको समग्र विकासमा महत्वपूर्ण टेवापुग्ने पुग्ने छ ।” प्रदेशसभा सदस्य लालकुमारी पुनले खेलकूद विकासमा आफ्नो पूर्ण सहयोग रहने उल्लेख गरे ।

कोञ्ज्योसमबाट योग्य खेलाडीहरु उत्पादन गरी भविष्यमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रसम्म प्रतिस्पर्धा गर्न सक्ने वातावरण तयार गराउन लागि परेको सो गाउँपालिका अध्यक्ष गोपीलाल स्याङ्तानले जानकारी दिए । प्रतियोगिताको लागि गाउँपालिकाले रु १० लाख बजेटको व्यवस्था गरेको छ ।

प्रतियोगितामा गाउँपालिकाभित्रका १८ टिमले सहभागिता जनाउँदैछन् । प्रतियोगितामा प्रथम हुने समूहलाई रु एक लाख ३० हजार, दोस्रोलाई रु ५० हजार र तेस्रो हुने समूहलाई रु २५ हजार पुरस्कार राशिको व्यवस्था गरिएको सो कार्यक्रमका संयोजक विजयकुमारस्याङ्तानले जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्