किन खुलेन मलेसिया ?



काठमाडौं: बेलौरी–७ कञ्चनपुरका मोहन चौधरीलाई उखु काट्न भ्याइनभ्याइ छ । उखु मिल पुर्‍याउने समय हो यो । पाँच कट्ठा जग्गामा लगाएका छन् । आफ्नो जग्गा होइन, अरूकैमा खेती गरेका । सोचेजस्तो हुन्थ्यो त यतिखेर चौधरी मलेसियामा मोबाइलका पार्टपुर्जा बनाइरहेका हुन्थे । महिनाको १५ सय रिंगेट गोजीमा आउँथ्यो ।

 

‘हातमा भिसा थियो । पठाउन म्यानपावर तयार । कम्पनी पनि राम्रो । दुर्भाग्य भनौं कि समयको खेल, सरकारले त्यही बेला मलेसिया जान बन्द गरिदियो,’ २३ वर्षे चौधरीले सुनाए । उनी अझै पनि प्रतीक्षामा छन् । मलेसिया जान लिएको १ लाख रुपैयाँको ब्याज साहुलाई महिनैपिच्छे बुझाइरहेका छन् ।

 

यो महिनाभरि पनि जान नपाए अर्को कुनै देश जाने सोचमा छन् । चौधरीजस्ता करिब १० हजार युवा हातमा भिसा (कलिङ भिसा) बोकेर मलेसिया खुल्ने दिन पर्खिरहेका छन् । वैदेशिक रोजगारीमा नेपालको सबभन्दा ठूलो गन्तव्य हो मलेसिया । सरकारले गत जेठ २ देखि त्यहाँ जान प्रतिबन्ध लगाएको छ । मलेसियाले कामदार लैजाने क्रममा अनावश्यक प्रक्रियामा फसाएर आर्थिक शोषण गरेकोश्रम मन्त्रालयले जनाउँदै आएको छ ।

 

पुनर्वास–३ कञ्चनपुरकी देवी पाण्डे दुई वर्ष मलेसियामा काम गरेर फर्केकी थिइन् । भनेजस्तै कम्पनी, तलब र सेवासुविधा राम्रै थियो । स्वास्थ्यले साथ नदिएपछि फर्किनुपर्‍यो । कान्छा छोरा मलेसियामै कार्यरत छन् । जेठा छोरा अशोकलाई आफैंले काम गरेको कम्पनीमा पठाउने सबै प्रक्रिया पूरा भएको थियो । ‘उड्ने बेलैमा सरकारले रोकिदियो,’ दुर्गाले भनिन्, ‘मलाई त्यतिखेर घाँटीमै हाड अडकिएजस्तो भयो ।’

 

म्यानपावरलाई खर्च तिर्नु नपरे पनि मेडिकलका लागि काठमाडौं तीन पटक आउजाउ गर्दा ६० हजारजति खर्च लागेको उनले बताइन् । जेठ २ भन्दाअघि दैनिक ५ सय युवा मलेसिया गइरहेका थिए । गाँठो फुकेन, झन् कसियोकामदार रोकिएको ६ महिनापछि कात्तिक १२ गते नेपाल र मलेसियाबीच काठमाडौंमा नयाँ श्रम सम्झौता भयो । कामदारले बेहोर्नुपरेका अनावश्यकआर्थिक बोझ हटाइएको घोषणा भयो । सम्झौताकोदुई महिना बित्दा पनि किन खुलेन त मलेसिया ?

 

ठ्याक्कै जवाफ कसैसँग छैन । श्रम सम्झौतामा कामदार पठाउन लाग्ने सेवाशुल्क, आउने–जाने हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच खर्च रोजगारदाताबाटै बेहोर्ने गरी मलेसियाले जिम्मा लिएको कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्