बुढीगण्डकीबारे चिनियाँ कम्पनीसँग भएको वार्ताको निष्कर्ष किन गुपचुप राखियो ?



काठमाडौँ: बुढीगण्डकी निर्माण विषयमा चाइना गेजुवा ग्रुप कम्पनीका प्रतिनिधिसँग तीन दिन वार्ता गरे पनि सरकारले निष्कर्ष गोप्य राखेको छ ।

 

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनको भन्दै बुधबारदेखि शुक्रबारसम्म वार्ता गरेको थियो ।

 

गेजुवा र उर्जा मन्त्रालयका प्रतिनिधिबीचको वार्ता शुक्रबार टुंगिएको छ, मन्त्रालयका एक अधिकारीले भने, के निष्कर्ष निस्कियो हामीलाई पनि भनिएको छैन ।

 

असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले १२ सय मेगावटको बुढीगढडकी जलविधुत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग समझदारी गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्