नारी सञ्चारगृहको देउसी



भद्रपुर : नारी सञ्चार गृह झापाले पत्रकार महिलाको क्षमता अभिवृद्धि र उनीहरुलाई पेशामा टिकाइरहनका लागि पुरस्कार वितरण गर्ने उद्देश्यले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि देउसी भैलो खेल्न शुरु गरेको छ ।

संस्थाले गत वर्षदेखि जिल्लाका विभिन्न स्थानमा परम्परागत संस्कार र संस्कृतिको जर्गेना गर्दै अक्षयकोष वृद्धिका लागि देउसी भैलो खेल्न शुरु गरेको हो । विसं २०६९ मा स्थापना भएकोे संस्थाले गत वर्ष स्थापना गरेको अक्षय कोषमा रु आठ लाख जम्मा गरिसकेको छ ।

रु २५ लाखको कोष बनाउने उद्देश्यले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि विभिन्न संघसंस्थाले समेत सहयोग प्रदान गर्दै आएको संस्थाकी उपाध्यक्ष भीमा शिवाकोटीले बताइन् ।

भद्रपुर नगरपालिकास्थित प्रदेश सांसद ओम सरावगीको घरबाट संस्थाले शनिबारदेखि देउसी शुरु गरेको छ । देउसीको उद्घाटन नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले गरेका थिए । देउसीमा स्थानीय क्षेत्रका साहित्यकार र पत्रकारहरुको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्