
काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा भोजपुरी संगीतलाई स्थान पहिले देखिनै दिएता पनि भोजपुरी फिल्महरुको त्यति बाक्लो उपस्थिति देखिँदैन ।
कलिउडमा भोजपुरा सम्बन्धी फिल्म र संगीतले आफ्नो उपस्थितिलाई बलियो बनाउँदै जानुपर्ने बताइरहेको बेला सन्तोष राजको संगीतमा भोजपुरी संगीतका सुपर स्टार दिनेश लाल यादव र गायिका सेलिना कुँवरका साथमा आनन्द गुप्ताको गीत बजारका आउँदै छ ।
यो गीत विशेषगरी नेपालीको महत्वपूर्ण चाड र तराई–मधेशवासीहरुको मुख्य चाड छठका अवसरमा रिलिज हुने बताइएको छ ।
विशेष गरी मुख्य चाड छठलाई केन्द्रविन्दुमा राखेर बनाइएको ‘मत होख उदास ए धपिना’ बोलको छठ गीत दर्शक र स्रोताको माया पाउने विश्वास आयोजकहरुले गरेका छन् । उक्त गीत ‘छठी मईया हो सुन ल अरजिया हमार’ एल्बममा समेटिने आयोजकले जनाएका छन् ।