विश्वका नेता कसको तलब कति ?



काठमाडौं: विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखको कुल आम्दानी कति हुन्छ भन्ने थाहा पाउन त्यति सजिलो छैन । किनकि, उनीहरुले तलबभन्दा दोब्बर–तेब्बर वढी रकम भत्तालगातका शीर्षकमा लिन्छन् ।

 

अमेरिकी राष्ट्रपतिको तलब वार्षीक चार लाख अमेरिकी डलर हुन्छ। तर, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्षीक एक डलर मात्र तलब लिने घोषणा गरेका छन् । सिंगापुरका प्रधानमन्त्री ली सिन लुङको तलब वार्षीक २० लाख अमेरिकी डलर छ। चीनका प्रधानमन्त्री सि जिन पिङ वर्षीक २२ हजार अमेरिकी डलर तलब लिन्छन् ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षीक दुई लाख ७६ हजार तलब लिन्छन्। उनी मासिक भत्ता आठ सय ८३ अमेरिकी डलर लिन्छन् । बेलायतकी प्रधानमन्त्री थेरेसा मे वार्षीक १ लाख ७० हजार अमेरिकी डलर तलब लिन्छिन् ।

 

त्यस्तै जर्मन चान्सलर एन्जिला मर्केल वार्षीक २ लाख २७ हजार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन वार्षीक एक लाख १२ हजार डलर तलब लिन्छन् । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्