प्रहरी हुँ भन्दै लुट्ने पक्राउ



काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंले एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ। 

 

परिसरको टोलीले काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको हो।  पक्राउ परेकासहित अन्य चारले आइतबार कलङ्कीका ३८ वर्षीय उमेशप्रसाद केशरीको कोठामा प्रहरी हौँ भन्दै खानतलासी गर्ने निहुँले रकम चोरी गरेर फरार भएका थिए।

 

अन्य चार जनाको भने खोजी भइरहेको परिसरले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्