फुटबल प्रतियोगितामा मिलन युवा क्लबको जित



डडेल्धुरा : डडेल्धुरामा आयोजित फुटबल प्रतियोगितामा सहभागी १४ वटा टिमलाई उछिन्दै मिलन युवा क्लबले जितहात पारेको छ । तिहार र छठ पर्वको अवसर पारेर आयोजना गरिएको फुटवल प्रतियोगिता मिलन युवा क्लबले जितेको छ । रु ४४ हजार ४४४ राशिसहित प्रथम पुरस्कार रहेको उक्त फुटबल प्रतियोगितामा १४ टीमलाई पछि पार्दै मिलन युवा क्लबले प्रथम स्थान हासिल गरेको आयोजकले बताए ।

चौथो संस्करणको दीप ज्योति कप खुल्ला पुरुष फुटबल प्रतियोगिता स्थानिय दीपज्योति युवा क्लबले आयोजना गरेको हो । आइतबार भएको फाइनल खेलमा मिलन युवा क्लबले आयोजक दीप ज्योति युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

उपविजेता टीम दीप ज्योति युवा क्लबले नगद २२ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

त्यस्तै खेलमा तृतीय भएका जयबाबा घटाल, खलङ्गाले नगद ११ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै खेलमा उत्कृष्ट अनुशासन प्रदर्शन गरेर अनुशासित टीम बनेको टीम नेविसङ्घ (ख) लाई रु चार हजार ४४४ प्रदान गरिएको आयोजकले जानकारी दिए ।

त्यस्तै विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि आकर्षक पुरस्कार प्रदान गरेको खेल संयोजक दीपक ऐरले जानकारी दिए । हरेक वर्ष जस्तै यसवर्ष पनि दहमा आयोजना हुने प्रतियोगिता यो पटक कात्तिक ६ गतेदेखि सञ्चालन भएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्