सात वर्षका बालक महिलाको बन्द कोठामा मृत भेटिए



सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्चीमा सात वर्षका बालक मृत फेला परेका छन् ।

 

शुक्रबार साँझ ६:३० बजेको समयमा मेलम्ची नगरपालिकाका टङ्कप्रसाद दुलालको घरमा डेरा गरी बसेका सिन्धुली तीनपाटन गाउँपालिका–२ का दीपक मगरका छोरा उमेशको सोही घरको अर्को कोठामा बस्ने एक महिलाको बन्द कोठामा मृत भेटिएको हो ।

 

बालकको शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी फरक–फरक नाम बताउने ती महिलाले हत्या गरेको आशङ्कामा उनलाई मेलम्ची इलाका प्रहरी कार्यलयमा ल्याइ अनुसन्धान थालिएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । मृतक बालकको शव परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्