रामायण सर्किट: बालीबाट सिक्ने कि ?



काठमाडौं: संसारकै सबैभन्दा ठूलो मुस्लिम देश भए पनि इन्डोनेसियामा हिन्दू देवीदेवताका मन्दिर र बुद्ध स्तुपा संरक्षण गरिएका छन् । ८० प्रतिशतभन्दा बढी हिन्दू भएका मठमन्दिर र संस्कृति हेर्न बालीमा हरेक वर्ष ५० लाख पर्यटक पुग्ने गरेका छन् ।

 

बालीको धेरैजसो मन्दिर र संस्कृति रामायणसँगै जोडिएका छन् । रामायण पढेका नेपाल–भारतका पर्यटक त्यहाँ पुग्दा निकै खुसी देखिन्छन् । रामायण सर्किट अवधारणाले इन्डोनेसियालाई सबैभन्दा बढी फाइदा पुग्ने सम्भावना छ । सर्किटमार्फत पर्यटन प्रवद्र्धन गर्दा त्यहाँका हिन्दू गन्तव्य नेपाल र भारतका मठमन्दिर तथा तीर्थस्थल नै हुन्छन् ।

 

विश्वका हिन्दूको सबैभन्दा महŒवपूर्ण मन्दिर पशुपतिनाथ र हिन्दू बाहुल्यता भएकाले नेपालले अझ बढी फाइदा लिन सक्छ । सीता र जनकको मात्रै जन्मभूमि होइन, नेपाल रामायणमा उल्लेख गरेका अधिकांश ऋषिमुनिको जन्म र तपस्यास्थल भएकाले रामायण सर्किटको फाइदा नेपालले धेरै लिन सक्छ । तर, नेपालले बालीमा जस्तै आफ्ना धार्मिक तथा सांस्कृतिक धरोहर संरक्षण र पुनर्निर्माण गर्नुपर्ने देखिन्छ ।

 

७ हजार ५० भन्दा बढी टापु रहेको इन्डोनेसियामा अवस्थित एक टापु बाली प्रदेश पुरै मन्दिरको सहरजस्तै देखिन्छ । हरेक चोकमा देवीदेवताका मूर्ति, मन्दिर रामायण र महाभारतका दृश्यले लोभ्याउ“छन् । हरेक पार्क वा महत्वपूर्ण स्थलको गेट पनि कुनै मन्दिरमा पस्ने गेटजस्तै छ । घर प्रवेश गर्ने गेट पनि त्यस्तै हरेक निवासका अगाडि मन्दिर बनाउने प्रचलन छ ।

 

बाली उत्तर पश्चिममा रहेको तनह लोट मन्दिर, जुन समुद्री किनारमा रहेको चट्टानको ढिस्कोमा छ । जसको वरिपरि समुद्रले घेरेको छ । शिवको प्राचीन मन्दिर राजा सञ्जयको नातिले नेपालको पशुपतीनाथ दर्शन गरेर फर्किएपछि निर्माण गरेका हुन् । यही चट्टानको पहाडलाई नै समुद्रले सीमा बनाएको छ । जसले बाली सहरलाई सुनामीजस्ता सामुद्रिक विपद्बाट बचाउन सहयोग गरेको छ ।

 

त्यहाँका हिन्दूले यही पहाडले नै आफूलाई जोगाएको भनेर रुद्र अर्थात् शिव मन्दिर उलुवाटुमा पुगेर पूजा गर्ने गर्छन् । विश्वको सबैभन्दा ठूलो विष्णु मन्दिर बालीमै छ । विष्णु गरुडा, बातुबोलोन, महाभारत, तीर्थगंगा पनि यहाँका प्रसिद्ध तीर्थस्थल हुन् । रामायण पढेका  नेपाल–भारतका पर्यटक यहा“ पुग्दा निकै खुसी हुन्छन् । रामायण सर्किट अवधारणाले इन्डोनेसियालाई  सबैभन्दा बढी फाइदा पुग्ने सम्भावना छ ।

 

बालीमा हिन्दू परम्परा र संस्कृति झल्काउने नृत्य, मूर्तिकला, चित्रकला, पौराणिक संगीतले पर्यटकलाई लामो समय सहभागी गराउन सघाइरहेको छ । जलचर जैविक विविधता भएको पर्यटकका लागि प्रशस्त सामुद्रिक खाना सस्तो मूल्यमा उपलब्ध छ । नेपालीले कसैलाई भेट्नेबित्तिकै ‘नमस्कार’ गरेजस्तै बालीका नागरिक नमस्कार गर्दा दुई हात जोडेर ‘ओम स्वास्त्यास्तु’ र छुटि“दा वा कार्यक्रम सकिएपछि ‘ओम शान्ति, शान्ति, शान्ति, ओम’ भन्ने गर्छन् । यहाँका सबै मन्दिरमा गैरहिन्दूलाई समेत प्रवेश व्यवस्था गर्नु धार्मिक सहिष्णुताको उदाहरण हो । यसले नै विश्वका पर्यटकलाई आकर्षण गरेको छ ।

 

सरकारी प्रयासमै हिन्दू, बौद्ध, इसाई, मुस्लिमका मन्दिर तथा चर्च एकै ठाउ“मा निर्माण गरेर धार्मिक सहिष्णुता प्रस्तुत गरिएको छ । रामायण सर्किटले मात्रै होइन, लुम्बिनीले पनि इन्डोनेसियासँग नेपाललाई जोड्न सक्छ । विश्वकै सबैभन्दा ठूलो बौद्ध मन्दिर रहेको इन्डोनेसियाको मध्य जाभा प्रान्तको बोरोबुदर र नेपालको लुम्बिनीलाई भगिनी सहरका रूपमा स्थापना गरिनेबारे नेपालमा र इन्डोनेसियामा केही प्रयास भइरहेका राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्