बन्दुकधारीद्वारा नाइजेरियामा २५ को हत्या



अबुजा: नाइजेरियामा अज्ञात बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २५ जनाका मारिएका छन् ।

 

जाम्फारा राज्यको तीन वटा समुदायमाथि भएको आक्रमणमा परी अरू एक दर्जनभन्दा बढी घाइते भएका छन् । विभिन्न स्रोतले दिएको जानकारीअनुसार बिर्नीन मागाजी क्षेत्रमा बुधबार पछिल्लो आक्रमण भएको हो ।

 

नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा विगत छ महिनादेखि शृङ्खलाबद्ध रूपमा आक्रमण हुँदै आएको छ । स्थानीय बासिन्दाले घटनामा पीडितका अधिकाँश खेतबारीमा काम गर्ने किसान तथा मजदुर रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्