केकीदेखि पशुपतीसम्म : यस्तो छ नेपाली कलाकारको पढाई



काठमाडौं : हामी मध्ये धेरै सोचाई हुन्छ कि कलाकारहरु धेरै पढेका हुँदैनन् । किनकि नेपाली सिने क्षेत्रमा कोही कलाकारहरु कक्षा ८ नै पास नगरेका पनि छन् । तर नेपाली चलचित्र क्षेत्र र नेपाली लोकदोहोरी क्षेत्रका केही कलाकारहरुको पढाई भने उच्च नै रहेको छ । यहाँ धेरै पढेका ८ नेपाली कलाकारका बारे चर्चा गरिएको छ ।

१) महानायक राजेश हमाल

महानायक राजेश हमाल नेपाली चलचित्र क्षेत्रका धेरै पढेका कलाकार हुन् । उनी बाल्यकाल देखि नै पढाईमा निकै नै अब्बल थिए । उनले इन्डियाको पन्जाब स्थित चण्डिगढ क्यामपसबाट अंग्रेजी विषयमा मास्टर्स डिग्री हासिल गरेका छन् । उनले आफ्नो फिल्मी करियरको सुरुवात ‘युगदेखि युगसम्म’बाट गरेका हुन् । हाल उनी थुप्रै कार्यक्रमका प्रस्तोताका रुपमा काम गर्दै पनि आइरहेका छन् ।

२) प्रमोद खरेल

Related image

नेपाली सांगितिक क्षेत्रमा चर्चित नाम हो, प्रमोद खरेल । उनी पनि धेरै पढेका कलाकार मध्ये एक हुन् । म बिना कसै कसै कसैलाई मुस्किल छ पोखरामा बोलको गीतबाट चर्चामा आएका प्रमोदले दर्जनौ सफल गीतहरु ल्याइसकेका छन् । प्रमोदले विज्ञानमा मास्टर्स गरेका छन् । उनी गीत संगितमा लाग्नुभन्दा पहिले विज्ञान विषयका प्रध्यापक थिए । हाल उनी गीत संगितमा व्यस्त हुनुका अलवा अन्तर्राष्ट्रिय सिङ्गिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’का कोच समेत छन् ।

३) राजा राजेन्द्र पोख्रेल

Image result for राजा राजेन्द्र पोख्रेल

राजा राजेन्द्र पोख्रेल पनि नेपालका धेरै पढेका कलाकार मध्येका एक हुन् । उनले अंग्रेजी विषयमा मास्टर्स डिग्री गरेका छन् । उनी टेलिभिजन पर्दामा खासै नदेखिएपनि स्टेजको पर्दामा कमेडी किंग हुन् । रेडियो मार्फत सबैलाई हसाउने पोख्रेल विभिन्न स्टेज कार्यक्रममा निकै व्यस्त छन् ।

४) पशुपति शर्मा

नेपाली लोकदोहोरी क्षेत्रका बहुचर्चित गायक हुन् पशुपती शर्मा । उनलाई सफल गायक पनि भनेर चिन्ने गरिन्छ । बजारमा आउने उनका सबैजसो गीतहरुले सफलता पाउने गर्छन् । धेरैजसो देश र जनताका बारेमा भिन्न तरिकाले गीत गाउने पशुपतीको पढाई कुरा गर्दा उनले समाजशास्त्रबाट मास्टर्स गरेका छन् । पशुपतिका बाबुको इच्छा डाक्टर बनाउने भएपनि आफूले नै रोजेको पेशाबाट उनी निकै नै चर्चित भइसकेका छन् ।

५) केकी अधिकारी

Image result for keki adhikari

नेपाली चलचित्र जगतकी चर्चित नायिका केकी अधिकारी पनि चलचित्र क्षेत्रकी धेरै पढेकी नायिकामा पर्छिन् । सुरुमा केही म्युजिक भिडियोहरुमा देखिएकी उनी एकाएक चार्चामा आएकी थिइन् । उनले कमर्समा मास्टर्स डिग्री गरेकी छिन् । केकीले फिल्मी करियर ‘आइयम सरी’ नामक चलचित्रबाट गरेकी हुन् । केकी अभिनित हाल प्रर्दशन भइरहेको चलचित्र ‘छ माया छपक्कै’ले दर्शकहरुको मन जित्न सफल भएको छ । केकी शालिन नायिकाको रुपमा पनि परिचित छिन् ।

६) सन्दिप क्षेत्री

Related image

चर्चित हास्य कलाकार सन्दिप क्षेत्री पनि धेरै पढेका कलाकारहरुमा पर्दछन् । सन्दिपले कमर्समा डिग्री हासिल गरेका छन् । उनी कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘ह्वाट द फ्ल्प’मा मिठाईलाल यादवको भूमिकाबाट एकाएक चर्चामा आएका हुन् । उनी हाल पनि सोही कार्यक्रममा नै व्यस्त छन् भने केही चलचित्रहरुमा पनि व्यस्त छन् ।

७) प्रियकां कार्की

Related image

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका हुन् प्रियकां कार्की । उनी पनि धेरै पढेका कलाकार मध्येकी एक कलाकार हुन् । उनले फिल्म निर्माणमा अमेरिकाबाट डिग्री हासिल गरेकी छिन् । उनी नायक आयुष्मानसंगको प्रेम सम्बन्धलाई लिएर पनि निकै चर्चित छिन् । उनीहरु दुबैजनाले इन्गेजमेन्ट गरिसकेका छन् । अब उनीहरुको विवाह चाँडै नै हुने खबर बजारमा आइरहेको सुन्न पाइन्छ । यस्तै प्रियंका कार्की चलाख र ट्यालेन्ट नायिकाका रुपमा पनि परिचित छिन् ।

८) शिरिष देवकोटा

लोकगीतका चर्चित गायक शिरिष देवकोटा पनि नेपालका धेरै पढेका कलाकार मध्ये एक हुन् । उनले बजार व्यवस्थापन विषयमा मास्टर्स डिग्री गरेका छन् । उनले गाएका म त आउने थिइन्, आयो है आयो साँइलो दाई, नजरैको भर लगाएतका गीतहरु चर्चित छन् । उनी विशेषगरी रोयला गीतहरु बढी गाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्