दुर्घटनामा मृत्यु भएका २२ जनाकाे शव अस्पतालमा, १२ को सनाखत



दाङ : तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले सनाखत पनि छिटै गरिने उनले बताए। 

 

सो दुर्घटनामा परी अन्य १५ जना गम्भीर घाइते भएका र उनीहरूको सोही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गए राति नै कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको थियो । 

शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा विद्यार्थी र शिक्षक चढेको बा४ख ९७६६ नंको बस दुर्घटना भएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, नेपाल उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र स्थानीयवासी उद्धारका लागि खटिएका थिए । 

 

घोराही स्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरी तुलसीपुरतर्फ फर्कने क्रममा बेलुका बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

 

अठतीस यात्रु सवार गरेका उक्त बस करिव सातसय मिटर तल खसेको थियो । बसमा ३२ विद्यार्थी, तीन गाडीका कर्मचारी, दुई शिक्षक र एक शिक्षालयका कार्यालय सहयोगी रहेको जनाइएको छ । मृतकमध्ये १२ जनाको सनाखत भएको छ । 

सनाखत भएका मृतककाे नामावली

१. घोराही उपमहानगरपालिका ३ का मदन खत्री क्षेत्री

२. शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका १७ का २८ वर्षीय प्रदिप घिमिरे

३. रुकुम भुमे गाउँपालिका ६ का २८ वर्षीय नरेश वली

४. विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ वर्षीय विजय घर्ती

५. बबई गाउँपालिका ५ का २१ वर्षीय बबिता खत्री

६. दंगिशरण गाउँपालिका १ का २० वर्षीय सञ्जीत रत्गैयाँ

७. जुम्ला चन्दननाथ नगरपालिका ६ का १६ वर्षीया कुशुम रावल

८. जाजरकोट भेरीगंगा नगरपालिका ४ का १७ वर्षीय आतिस नेपाली

९. कञ्चनपुर कृष्णपुर नगरपालिका ५ का १७ वर्षीय खेमराज भट्ट

१०. जुम्ला चन्दननाथ नगरपालिका ३ का १७ वर्षीय हिम्मत बोहरा

११. जुम्ला कन्कासुन्दरी गाउँपालिका ५ का २० वर्षीय विरेन्द्र कन्डरा 

१२. जुम्ला हिमा गाउँपालिका ५ का १७ वर्षीया शैलजा शाही

प्रतिक्रिया दिनुहोस्