दाङ दुर्घटना : मृत्यु हुनेको संख्या २३ पुग्याे, अस्पतालमा रुवाबासी



दाङ : दाङमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुगेको छ । ज्यान गुमाउनेमा ४ महिला र १९ पुरुष रहेका छन् ।

 

घटनास्थलमै २२ जनाको ज्यान गएको हो भने थप एकजनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

 

अस्पतालमा मृत्यु हुनेमा जुम्लाका बिरेन्द्र कण्डारा रहेका छन् । दुर्घटनामा ज्यान गुमाउने मध्ये १४ जनाको सनाखत भएको छ ।

 

सनाखत भएकामध्ये  जुम्लाका पाँच जना र दाङ्गका ५ जना  रहेका छन । अरु विभिन्न जिल्लाका रहेका छन् ।  

 

बसका चालक र सहचालक दुबैको मृत्यु भएको छ । सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट सल्यानमा अभ्यासका लागि गएका १६ देखि २० बर्ष उमेरका विद्यार्थीदेखि ३० बर्ष उमेर नकाटेका शिक्षक र चालक,  सहचालकको समेत ज्यान गएको छ ।  

सनाखत भएका मृतककाे नामावली

१. कुशुम रावल बर्ष १६ , जुम्ला, चन्दनाथ न.पा. 

२. कबिता खत्री बर्ष २१, दाङ्ग बबई गाउँपलिाका ५

३. आतिस नेपाली बर्ष १७ , भेरीगंगा न.पा. ४ जाजरकोट 

४. खेमराज भट्ट, बर्ष १७ , कञ्चनपुर , कृष्णनगर न.पा.–५ 

५. हिक्मत बोहरा बर्ष १७ , जुम्ला चन्दानाथ गा.पा.–३  

६. प्रदिप  घिमिरे  बर्ष २८ दाङ्ग घोराही उ.म.पा.–१७  

७. संजित रतगैया बर्ष २० , दाङ्ग दंगिशरण  गा.पा.–१

८. बिरेन्द्र कडारा बर्ष २० ,  जुम्ला कान्कासुन्दरी गाउँपालिका–५  

९. नरेश वली बर्ष २८ रुकुम भुमे गाउँपालिका–६ 

१०. वियय घर्ति ( जिएम ) बर्ष १९ , घोराई–१४ 

११. शैलाजा शाही  बर्ष १७ ,  जुम्ला हिमा गा.पा.–५ ( चालक )

१२. मदन खत्री बर्ष २६ , घोराही–३ दाङ्ग ( चालक )

१३. अजुन शाही बर्ष १७ , जुम्ला चन्दनाथ न.पा.–१४

१४. गणेश बिक बर्ष १८, तुल्सीपुर–१८ दाङ्ग .( सह–चालक )

प्रतिक्रिया दिनुहोस्