प्रहरी प्रभागभित्रै गोली चल्याे



काठमाडौं : ललितपुरको लाकुरीभञ्ज्याङमा प्रहरी प्रभागभित्रै गोली चल्दा एकजना प्रहरी जवान घाइते भएका छन् ।

 

शुक्रबार बेलुका डीएसपी रमेश तामाङलाई भेट्न गएका रोशन श्रेष्ठले झोलाबाट बन्दुक निकाल्ने क्रममा झुक्किएर पड्कँदा आफैँलाई लागेर घाइते भएका ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी शेखर खनालले जानकारी दिए । 

 

उनको दायाँ गालाबाट लागेको गोली बायाँतर्फबाट निस्केको छ। 

 

घाइते श्रेष्ठको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान गर्न डीएसपी गौतम मिश्रको संयोजकत्वमा छानविन समिति गठन गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्