प्रदेश २ का राज्यमन्त्री मण्डलले वितरण गरे खेल सामाग्री



काठमाडौं : प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातारण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका दुई वटा क्रिकेट क्लबलाई खेल सामग्री हस्तान्तरण गर्दै आगामी दिनमा प्रदेश २ अन्य क्रिकेट क्लबहरुलाई समेत खेल सामग्रीहरु प्रदान गर्ने योजनामा रहेको बताएका छन् ।

राज्यमन्त्री मण्डलले सिरहाको कल्याणपुर नगरपालिकामा रहेका माँ दुर्गा क्रिकेट क्लब कल्याणपुर र समाज कल्याण युथ क्रिकेट क्लब बेल्हालाई खेल सामग्री हस्तान्तरण गर्दै उनले युवाहरुलाई खेलकुदले शारिरिक रुपले तंदुरुस्त तथा मानसिक रुपले स्वस्थ्य बनाउने उद्देश्यका साथ आफूले प्रदेशभर यो अभियान चलाउने बताए ।

समाजमा भाईचारा विकसित गराई समृद्ध तथा उन्नत समजको निर्माण गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उक्त कार्यक्रममा राज्यमन्त्री मण्डलले मादक पदार्थ सेवन, धुम्रपान, लागुऔषध जस्ता कुलतमा लागेका युवा पुस्तालाई समाजको मूलाधारामा ल्याउन खेलकुद एउटा राम्रो माध्यम हुने बताए ।

दुवै क्रिकेट क्लबलाई १२–१२ वटा युनिफर्म, २–२ वटा ब्याट, ६–६ वटा विकेट, १–१ दर्जन टेनिस बल, २–२ जोडा प्याड, २–२ वटा एडी र २–२ वटा ग्लब्स प्रदान गरेका हुन् ।

माँ दुर्गा क्रिकेट क्लबका अध्यक्ष धर्मेन्द्र साह र समाज कल्याण युथ क्रिकेट क्लबका अध्यक्ष मो.समीम अन्सारीलाई राजपाका युवा नेता धिरज मण्डल, श्रवण साह र बेचन मण्डलले ती खेल सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्