दमौली अस्पतालमा रेबिज भ्याक्सिन अभाव


‎तनहुँ : जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पतालमै रेबिज भ्याक्सिन अभाव भएको छ । दमौली अस्पतालमा विगत केही महीनादेखि रेबिज भ्याक्सिन अभाव भएको हो ।

सरकारी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन निःशुल्क उपलब्ध हुने भएपनि अस्पतालमा भ्याक्सिन नहुँदा कुकुरले टोकेका बिरामीले निजी अस्पतालमा महङ्गो शुल्क तिरेर उपचार गराउनुपर्ने बाध्यता आएको छ । व्यास नगरपालिका–१ हाईस्कूलटारका एक व्यक्तिलाई मङ्गलबार कुकुरले टोकेपछि दमौली अस्पतालमा लैजाँदा स्वास्थ्यकर्मीले रेबिज भ्याक्सिन नभएको बताएको स्थानीयवासी सनम तामाङले जानकारी दिए।

“साथीलाई कुकुरले टोकेपछि सरकारी अस्पतालमा रेबिज विरुद्धको सुइँ लगाउन लगेको थिएँ,” तामाङले भने, “स्वास्थ्यकर्मीले अस्पतालमा छैन भनेर निजी अस्पताल सिफारिस गरिदिए ।” सरकारी अस्पतालमै रेबिज विरुद्धको भ्याक्सिन नहुँदा सर्वसाधारणले महङ्गो शुल्क तिरेर निजी अस्पतालबाट उपचार गराउनुपर्ने बाध्यता रहेको तामाङले गुनासो गरे।

दमौली अस्पतालमा दैनिक पाँच÷दश जना बिरामी रेबिज विरुद्धको भ्याक्सिन लगाउन आउने गरेका छन् । निजी स्वास्थ्य संस्थाले रेबिज विरुद्धको भ्याक्सिनको रु ५०० देखि ६०० सम्म लिने गरेका छन् । कुकुरले टोकेका घाइतेलाई चिकित्सकको सल्लाहमा आवश्यकता अनुसार चारदेखि पाँचवटा भाइल एन्टि रेबिज भ्याक्सिन लगाउनुपर्ने हुन्छ ।

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालमा रेबिज भ्याक्सिन अभाव भएपनि कहिलेदेखि अभाव भयो भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुनिल पौडेललाई सम्पर्क गर्न आग्रह गरे।

यस विषयमा प्रतिक्रिया लिन मेडिकल सुपरिटेण्डेट डा. पौडेललाई पटक–पटक फोन गर्दा सम्पर्क हुन सकेन । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

दोलखा : दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवहाक बस भिमेश्वर नगरपालिका चाङ्गीखोलामा दुर्घटना हुँदा एक जनाको

नरेश सर्राफ/वीरगन्ज : वीरगन्जमा नेपाली कांग्रेसका दुई नेताहरु एक आपसमा समान्य विवादलाई लिएर सार्वजनिक स्थलमै

काठमाडौं : रौतहट राजापुर बम काण्डको आरेपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका मोहमद अफ्ताब

काठमाडौं : नेपाली सेनाले सैनिक अधिकारीको व्यापक सरुवा गरेको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिपरिषद पुनर्गठन गर्ने भएपछि को–को हट्दै छन्

काठमाडौं : आज बिहान ९ बजे बस्ने भनिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक अपराह्न १२ः३०

गुल्मी : गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले आफ्नै लगानीमा शीतभण्डार सहितको हाटबजार शुरु गरेको छ ।

काठमाडौं : लामो समयदेखि चर्चामा रहेको मन्त्रीमण्डल पुनर्गठन सम्बन्धी विषयले आज अन्तिमरुप लिने भएको छ

काठमाडौं : सत्तारुढ दल नेकपाको सचिवालय बैठक अहिले केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ

काठमाडौं : नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन

वीरगञ्ज : तस्करी रोक्नको लागि खटिएको प्ररहीले नै तस्करीलाई बढावा दिदा के होला ? हो

काठमाडौ : केहि हप्तादेखि मन्त्रिमन्डल पुनर्गठनको तयारी शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म पुनर्गठनको