नागरिकता किर्ते अभियोगमा कारागारमा रहेका भारतीय नागरिकको मृत्यु



राजविराज : नागरिकता किर्ते अभियोगमा सप्तरी कारागारमा रहेका थुनुवा जीवन बिताइरहेका एक भारतीय नागरिकको मृत्यु भएको छ। 

 

भारतको हरियाणा प्रदेशका ४५ वर्षीय सतीश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको कारागारले जनाएको छ। 

 

मुटुको समस्या र चिनी रोगका कारण थलिएका अग्रवालको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल भर्ना पछि मृत्यु भएको थियो।

 

सुनसरीको दुहबी निवासी अग्रवाललाई सप्तरी जिल्ला अदालतको आदेश अनुसार गत वैशाख २४ गते पुर्पक्षका लागि थुनामा पठाइएको थियो।

 

उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा फागुन २३ गते परेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरी  अनुसन्धान सुरु गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्