एसिया प्यासिफिक समिट विवादबारे नेपालले लिखित प्रतिवेदन पेस गर्ने



काठमाडौँ : हालै सम्पन्न युनिफिकेसन चर्चको एसिया प्यासिफिक समिटमा सरकार र आफ्नो सहभागिताबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार विशेष समय लिएर बोल्ने बताएका छन् । 

 

एउटा धार्मिक संस्थाले गरको सम्मेलनमा आयोजक बनेको भन्दै पार्टीभित्र र बाहिर उनको निकै आलोचना भइरहेको छ । शनिबार अध्यक्षद्वयको प्रतिवेदनमाथि खरो टिप्पणी गर्न भ्याएका नेपालले आफूमाथि लागेको आरोपबारे पनि स्पष्टीकरण दिन थालेका हुन् । 

 

मंसिर २९ अर्थात् शनिबारबाट लगातार धुमबाराहीमा जारी बैठकमा पार्टी एकतामा भइरहेको बिलम्ब र अध्यक्ष केपी ओली नेतृत्व सरकारको कार्यशैलीको आलोचना हुनुका साथै युनिफिकेसन चर्च समिटमा सरकार संलग्न भएको विरोध भइरहेको छ ।

 

ओलीले सम्मेलनबारे खासै टिप्पणी नगरे पनि उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, वैदेशिक मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाउन सहयोग गरेको भन्दै सरकारको बचाउ गरेका थिए । त्यसमा सक्रिय सहभागिता जनाएका नेपालले त्यसबारे स्पष्टीकरण दिने भएका हुन् ।

 

स्रोतका अनुसार त्यसका लागि नेपालले लिखित प्रतिवेदन नै पेस गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्