अवैध कपडासहित दुई थान मोटरसाइकल नियन्त्रण



धनगढी : सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइँदै गरेको कपडासहित दुई थान मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

 

सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणले कैलालीको घोडाघोडी नगरपालिका–७ विजुलिया पुलबाट रेडिमेड कपडा बोकेर आउँदै गरेका से४प ३९०८ र से४प २०३० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएका गणका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी विष्णुप्रसाद भट्टले जानकारी दिए ।

 

नियन्त्रणमा लिई भन्सारमा बुझाइएका २ थान मोटरसाइकलसहित सामानको मूल्य २ लाख ३९ हजार ८ सय रुपैयाँ कायम गरिएको डीएसपी भट्टले जानकारी दिए । गणले यसअघि गत असोज ६ गते सोही स्थानबाट दुई थान मोटरसाइकल र तयारी कपडा नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको थियो । 

 

खुला सीमा र सीमित जनशक्तिका कारण चोरी तस्करी नियन्त्रणमा केही चुनौती रहेकाले मातहतका सबै युनिटलाई कडा पार्न निर्देशन दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्