‘पार्टीले अँगालेको जनताको जनवादको कुनै औचित्य छैन’



काठमाडौं : पार्टीले अँगालेको जनताको जनवादको औचित्य नभएको सकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले बताएका छन् ।

 

साथै जनताको जनवादलाई न्यूनतम कार्यक्रम बनाउनुको तुक नभएको पनि नेता खनालले प्रतिक्रिया दिएका छन् । पार्टीको जारी स्थायी समिति बैठकमा शनिबार धारणा राख्दै नेता खनालले अध्यक्षद्वयको प्रतिवेदनको खुलेरै आलोचना गरे ।

 

प्रतिवेदनले वैज्ञानिक समाजवादलाई अधिकतम कार्यक्रम भनेको भन्दै समाजवाद र साम्यवाद दुवै हो, एउटा मात्रै हो भन्न नमिल्ने उनले बताए । 

नेता खनालको भनाइलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘प्रतिवेदनले न्युनतम कार्यक्रम जनताको जनवाद भनेको छ । जनवाद, नयाँ जनवाद, राष्ट्रिय जनवाद, लोक जनवाद, जनताको बहुदलीय जनवादको युग सकियो ।

 

फेरि जनताको जनवादलाई न्यूनतम कार्यक्रम बनाउनुको औचित्य के ?’ यस्तो प्रतिवेदनले पार्टीमा गम्भीर उथुलपुथुल ल्याउने उनको दाबी थियो । यसअघिको शुक्रबारको बैठकमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र मणि थापाले प्रतिवेदमा उल्लिखित ‘जनताको जनवाद’प्रति आपत्ति जनाएका थिए । यी पूर्वमाओवादी नेताद्वयको उक्त भनाइप्रति समर्थन गर्दै नेता खनाले पनि यस्तो प्रतिक्रिया दिएका हुन् । 

जारी बैठकको पहिलो दिन मंसिर २९ गते शनिबार अध्यक्षद्वय ओली र दाहालद्वारा पेस  राजनीतिक प्रतिवेदनमा अधिकतम कार्यक्रमको रूपमा वैज्ञानिक समाजवाद र न्यूनतम कार्यक्रमको रूपमा जनताको जनवादलाई सैद्धान्तिक एवं नीतिगत विषयलाई पार्टी एकताको मुख्य आधार बनाइएको उल्लेख छ ।

 

एकीकरण प्रक्रियामा भएको ढिलाइका विषयमा पनि खनालले असन्तुष्टि व्यक्त गरेका थिए। ुतलका कमिटी विघटन गरेपछि तीन महिनाभित्र एकीकरण गरिसक्नुपथ्र्योु, उनले भनेका थिए।

 

खनालले मापदण्ड बनाएर तल्ला कमिटी र जनवर्गीय संगठनको एकता तुरुन्त सक्नुपर्ने बताएका थिए। उनले केन्द्रीय सदस्यको कार्यविभाजनलाई छिटो सक्न भनेका थिए। ुस्थायी समितिले व्यवस्था गरेभन्दा फरक विधान प्रकाशित भएको भन्दै नेता खनालले त्यसलाई टुङ्गो लगाउन माग गर्नुभयोु, ती नेताले भने।

 

बैठकमा खनालले दुई तिहाइ समर्थन भएको बलियो सरकार जनताको नजरमा भने लोकप्रिय हुन नसकेको भन्दै सरकारका काम कारबाहीको आलोचना गरेका थिए। उनले एकीकरणसम्बन्धी दस्तावेज अहिलेसम्म प्रकाशित नभएको भन्दै त्यसप्रति विमति जाहेर गर्दै कारणसमेत माग गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्