सौभाग्यको प्रतीक सिन्दूरमा वैज्ञानिक दृष्टि के छ ? 



विवाहित महिलाले सिन्दूर लाउने हिन्दू धार्मिक मान्यता छ । सिन्दूरलाई पतिको सम्मान र आफ्नो सौभाग्यको प्रतीकका रूपमा महिलाले लिँदै आएका छन् । सिउँदोको सिन्दूरलाई पार्वतीको प्रतीकसमेत मानिन्छ ।

 

यद्यपि, सिन्दूर लाउनुका वैज्ञानिक कारणसमेत छन् । सिन्दूर बेसार र पारोको सम्मिश्रणबाट बनाइएको हुन्छ । पारोको अन्तर्निहित गुणले रक्तचाप नियन्त्रण गर्नुका साथै यौनचाहनासमेत बढाउने काम गर्छ । साथै, पारोले मानसिक तनाव कम गर्नसमेत भूमिका खेल्छ । 

 

यसका साथै सिन्दूरलाई पिट्युटरी ग्रन्थिको माथिल्लो भागमा लगाउने गरिन्छ । जहाँ महिलाका शरीरका अनुभूतिहरू केन्द्रित हुन्छन् । यसैकारण विधवा तथा अविवाहित महिलाले सिन्दूर नलगाउने गरेको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्