काश्मिरमा छ लडाकु मारिए



नयाँदिल्ली : भारतीय सुरक्षा फौजको कारबाहीमा भारत नियन्त्रित काश्मिरमा छ लडाकु मारिएको सुरक्षा स्रोतले जनाएको छ ।  सेनाका अनुसार पुल्वामा जिल्लाको अवन्तीपोरामा भएको भिडन्तमा ती व्यक्ति मारिएका हुन् ।

सुरक्षाकर्मीहरुले घटनास्थलबाट हातहतियार तथा विभिन्न बन्दोबस्तीका सामग्री पनि बरामद गरेको समाचार एजेन्सीले जनाएकाे छ । 

लडाकुहरु लुकेर बसेको भन्ने विश्वसनीय सूचनाका आधारमा अवन्तीपोरामा शनिबार बिहानै खोजी कारबाही गरिएको थियो । लडाकुले सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए । मारिएका लडाकुको पहिचान खुल्न नसकेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्