ढुंगेगढि पर्यटकिय गन्तब्य बन्छः मुख्यमन्त्री पौडेल



हेटौंडा : ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रचार प्रसार गर्न सके मकवानपुरमा रहेको ऐतिहासिक ढुंगेगढि पर्यटकिय गन्तब्य बन्ने बताएका छन् । गढिको हिजो बुधबार स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले ऐतिहासिकता झल्कने गरी ढुंगेगढिको बिकास गरिने जानकारी दिए ।

प्रदेशमा ऐतिहासिकता झल्कने धेरै गढिहरु रहेको स्मरण गर्दै उनले भौगोलिक हिसाबले पनि सो गढिमा पर्यटक आकर्षण गर्न सकिने बताए । प्रदेश सरकारले यसको बिकासका लागि बिषेश महत्वका साथ योजनासहित अगाडि बढ्ने समेत उनको भनाई थियो । मकवानपुरढीदेखि करिब ५ किलोमिटर माथि कान्तिराजपथ नजिकै रहेको सो गढीमा अहिले पनि पर्यटकहरु घुम्न आउने गरेका छन् । यस अघि पनि प्रदेश सरकारको सहयोगमा सो स्थानमा ऐतिहासिक मन्दिर तथा बिश्राम स्थल निर्माणसमेत गरिएको छ ।

यसैगरी बुधबार नै मुख्यमन्त्री पौडेलले मकवानपुर गढि गाउँपालिकाका विभिन्न कृषि उद्यमहरुको अवलोकन गरेका छन् । मुख्यमन्त्री पौडेलले मकवानपुर गढि गाउँपालिकाका कामधेनु कृषि फर्म, देबकी एकीकृत कृषि फर्म, मकवानपुर एग्रो प्राली, कलश बहुउद्देश्यीय कृषि फर्म, तिमल्सीना कृषि फर्महरुको अवलोकन गरेका थिए ।

किशानहरुलाई हौसला प्रदान गर्न उनीहरुको फर्ममा नै गएर समस्याका विषयमा जानकारी लिएका थिए । किशानहरुले लगाएको तरकारीका साथै भैंसी, गाई, टर्की तथा कुखुरा फर्महरु अवलोकन गरेका थिए । किशानहरुले मुख्यमन्त्री पौडेलसंग कृषि उत्पादनको बजार ब्यबस्थीत बनाउन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्