क्रिकेटर सागर पुनकाे शल्यक्रिया, ६ महिना मैदानबाहिर



काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको शनिबार शल्यक्रिया गरिएको छ । उनकाे दायाँ खुट्टाकाे शल्यक्रिया गरिएकाे हाे ।

पुन अब छदेखि सात मिहना मैदानबाहिरै रहने राष्ट्रिय टोलीका कप्तान पारस खड्काले बताए । सागरको अनुपस्थितिमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाइ छ । जारी इपिएलमा उनी काठमाडौँ किंग्स ११ बाट खेल्दै आएका थिए । ललितपुर प्याट्रिएट्सविरुद्धको खेलका क्रममा बलिङ गर्दा उनलाई चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्