निर्मला पन्त प्रकरण : हिरासतमा रहेका विशाललाई छुटे, रावल अझै हिरासतमै



काठमाडौं :  बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको अनुसन्धानका लागि पक्राउ परेका विशाल चौधरीलाई प्रहरीले छाडेको छ ।

 

उनको घटनामा संलग्नता नदेखिएपछि अदालतको आदेशअनुसार छाडेको प्रहरीले जनाएको छ ।  चौधरीलाई शनिबार कञ्चनपुरमै उनका पिताको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

 

बालबालिका समन्वय केन्द्रमार्फत विशाललाई महेन्द्रनगरमा आफन्तको जिम्मा लगाइएको हो ।केन्द्रका कार्यक्रम सहायक सन्तोष चन्दले विशाललाई बुवा वीर बहादुरको जिम्मा लगाएका हुन् । ‘आज बिहान काठमाडौंबाट यहाँ पुगेका हौं’ चन्दले भने, ‘आफन्तको जिम्मा लगाउने काम सकिएको छ ।’

 

विशाललाई बुझ्न बुवा वीर बहादुरसँगै आमा सरमति पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेका थिए । उनीहरुसँगै महिला अधिकारकर्मी समेत त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्