दाङ बस दुर्घटनाका मृतक सबैको सनाखत, जुम्लाका मात्रै ११ जना [अपडेट]



दाङ : तुलसीपुर नगरपालिका-३ मा भएको बस दुर्घटनामा परी मृत्यु भएका २३ जनाको सनाखत भएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुम पूर्वका १-१ जना गरी २३ जनाको मृत्यु भएको हो।

मृतकहरु

  1. गाडी चालक घोराही उपमहानगरपालिका ३ का मदन केसी
  2. सहचालक तुलसीपुर उपमहानगरपालिका १८ हेमन्पुरका गणेश बिक
  3. कृष्णसेन ईच्छुक पोलिटेक्निक ईन्स्टिच्युटका शिक्षकहरु घोराही १७ का प्रदीप घिमिरे
  4. भूमे गाउँपालिका ६ पूर्वी रुकुमका नरेश ओली
  5. जुम्लाको चन्दननाथ नगरपालिका ३ का अर्जुन शाही
  6. चन्दननाथ १० का बिपना खत्री
  7. चन्दननाथ १० का रुपेश शाही
  8. चन्दननाथ १४ का रितेन्द्र शाही
  9. चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय
  10. चन्दननाथ ३ का हिक्मत बोहोरा
  11. चन्दननाथ ६ की कुसुम रावल
  12. हिमा गाउँपालिका ५ की सैलजा शाही
  13. तिला गाउँपालिका १ का जंगबहादुर बिक
  14. तिला ३ का रमेश उपाध्याय
  15. कन्कासुन्दरी गाउँपालिका ५ का वीरेन्द्र कन्डरा
  16. दाङको दंशिशरण गाउँपालिका १ का सञ्जित रत्गैया
  17. घोराही १४ का विजय जिएम
  18. बबई गाउँपालिका ५ की कविता खत्री
  19. जाजरकोटको खलंगा नगरपालिका ४ का आतिश नेपाली
  20. डोल्पाको गजदुल्ला गाउँपालिका ६ का गजेन्द्र एैडी
  21. कञ्चनपुरको कृष्णनगर नगरपालिका ५ का खेमराज भट्ट
  22. बझाङको जयपृथ्वी नगरपालिकाका महेश जोशी
  23. बाजुराको बुढीगंगा गाउँपालिका १० का लोकेन्द्र रावल

दुर्घटनामा परी घाइते भएका १२ जनालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ। अन्य २ जनाको कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिए। दुर्घटनामा परी १४ जना घाइते भएका थिए। 

घाइते र मृतक सबै घोराही १७ स्थित कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुन्। तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उप-महानगरपालिका ३ राम्री भन्ने स्थानमा बस दुर्घटना भएको थियो। प्रहरीका अनुसार सडकबाट करिब ७ सय मिटर तल खसेको थियो।

बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरी ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्