डोल्पाका विद्यार्थीको शव जुम्लामै



सुर्खेतः दुर्घटनाका मृतकका शव जुम्ला पुर्‍याइए पनि डोल्पाका विद्यार्थीको शव भने जुम्लामै रोकिएको छ ।   शुक्रबार साँझ दाङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका डोल्पाका विद्यार्थीको शव घरमा पर्‍याइदिन परिवारले अनुरोध गरेको छ । जगदुल्ला गाँउपालिका ६ का १६ वर्षिय गजेन्द्र ऐडी रहेको शव शनिबार जुम्ला लगेर छाडेपछि परिवारले घरमै पुर्‍याइदिन अनुरोध गरेका हुन् । 

 

    शनिबार कर्णाली प्रदेश सरकारको पहलमा जुम्लाका ८ जना र डोल्पाका ऐडीको शव जुम्ला लगिएको छ । ऐडीको शव जुम्लासम्म  पुर्‍याइएकोले आफन्तले घरसम्म नै शव पु¥याउन आग्रह गरेको मृतकका आफन्त खगेन्द्र ऐडीले जानकारी दिए । 

 

    शवलाई घरसम्म पुर्‍याउन प्रयास गरिरहेको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारसिंह रोकायाले बताए ।

 

 जीवित भेट नभए पनि मृत अनुहार हेर्न आमाबुबाले रहर गरेकोले पनि शव पुर्‍याइदिन अनुरोध गरिएको हो । शनिबार हेलिकोप्टरले ऐडीको शव जुम्लामै छाडेको छ । परिवारले जति प्रयास गरेपछि आफूहरुले भनेको कुनै सुनुवाई नभएको गुनासो गरेका छन् । 

 


हराएको शव फेला

  यस्तै गत कात्तिक १९ गते भएको जिप दुर्घटनामा हराएकी अमिना बुढाको शव फेला परेको छ । दुर्घटना भएको साढे एक महिनापछि अमिनाको शव भेरी नदी किनारामा फेला परेको हो । 

 

   बाख्रा गोठादाहरुले भेरीको किनारमा अमिनाको शव भेटेपछि प्रहरीलाइ खबर गरेको प्रहरी चौकी कालागौडाका इन्चार्ज शसिराम वलीले जानकारी दिए । 

 

फेला परेको शव अमिना बुढाको नै भएको उनका फुपाजु मिनराज ठकुल्लाले पुष्टि गरे । जिप दुर्घटना भएको स्थानबाट करिब ४ किलोमिटरको दुरीमा रहेको बयालचौर भन्ने ठाँउमा अमिनाको शव फेला परेको हो । 

 

    ठूलीभेरी नगरपालिका कालागौंडाको बतासे डाँडामा भे १ च १६१० नम्बरको जिप दुर्घटना हुँदा १० जनाको घटनास्थलामा नै ज्यान गएको थियो भने अमिना बुढा बेपत्ता रहेकी थिइन् । उनको खोजीको लागि काठमाडाैंबाट गोताखोरको टोली झिकाएर झण्डै दुई हप्ता खोजी गरे पनि फेला नपेरेकी अमिनाको शव शनिबार भेरीको किनारमा फेला परेको हो । 

 

प्रतिक्रिया दिनुहोस्