शशांक कोइराला कांग्रेसभित्रका कमल थापा !



काठमाडौं : शंशांक कोइरालामा अरु सबै गुण छ, तर एउटा असल कांग्रेसमा हुर्नैपर्ने गुण भने बेपत्ता छ । बीपी पुत्र हुन् । शरीरमा बीपीकै रगत बग्छ । रगत बाहेक बीपीसँग उनको कुनै साइनो छैन । 

बीपी पुत्र हुनुको सांकेतिक लाभ पाए । पटकपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भए । पार्टीको महामन्त्री जिते । तर, न संसदमा आफ्नो क्षमता देखाउन सके, न त पार्टीमा परिपक्व राजनीति नै गर्न जाने ।

०६२/०६३ को आन्दोलनपछि पूर्णकालिन राजनीतिमा आएका यी आँखा डाक्टर पछिल्लो समय दृष्टिदोषले आक्रान्त छन् ।

आफ्नो जन्मदेखि नै धार्मिक स्वतन्त्रताको मान्यतामा कहिल्यै विचलित भएन कांग्रेस । तर त्यही कांग्रेसलाई यी महामन्त्री हिन्दु राष्ट्रको जामा ओढाउन खोज्दैछन् ।

निर्वाचनमा पार्टी पराजयको कारण खोज्ने हो भने यसबाट महामन्त्री उम्किने ठाउँ छैन । यसबाट बच्न खुमबहादुर खड्काको शैलीमा हिन्दु कार्ड फालेका यी कोइराला कांग्रेसभित्रका कमल थापा मात्र बन्न सक्छन् ।

पछिल्लो समय उनीसँग जति पटक मेरो भेटभयो, ‘हिन्दु धर्मले नै कांग्रेसको उद्धार गर्ने, त्यसबाहेक अरु उपाय नरहेको’ बताउन थालेका छन् । यो टिप्पणी आजको नेपाल साप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस्