एक वर्षमा ५ हजार कर्मचारीको विदेश भ्रमण, ‘ठूला’ कै हालीमुहाली



काठमाडौं : विदेश भ्रमणमा उच्चपदस्थ कर्मचारीहरुकौ हालिमुहाली देखिएको छ । राज्यबाट  आकर्षक सेवा ससुविधा लिँदै आएका राजपत्रांकित अधिकृतदेखि सचिव तहका कर्मचारीको विदेश भ्रमणमा एकछत्र राज देखिएको छ ।  

प्रधामन्त्री तथा पन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहतका निकायका कर्मचारीले गरेको विदेश भ्रमण अध्ययनसम्बन्धी तयार पारेको विस्तृत प्रतिवेदनमा एक वर्षको अवधिमा ५ हजार ११ कर्मचारी विदेश गएको र त्यसमा ८५ प्रतिशतभन्दा बढी उच्चपदस्थ कर्मचारीहरु रहेको औल्याइएको छ । 

उच्च पदस्थ कर्मचारीहरु प्राय युरोपियन र अमेरिकी मुलकमा गएको प्रतिवेदनमा उल्लेख छ । 

सो प्रतिवेदनअनुसार एक वर्षमा विदेश गएका ५ हजार ११ मध्ये ४ हजार २५८ जना शाखाअधिकृतदेखि अधिकृतसम्म रहेका छन् । जबकि तल्ला तहका कार्यालय सहयोगी खरिदार र सुब्बास्तरका ६ सय कर्मचारीलाई मात्र अवसर मिलेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्