वीरगन्जमा देखिएको छठको चहलपहल (फोटोफिचर)



नरेश सर्राफ / वीरगन्ज : हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार सकिए लगत्तै तराई–मधेशमा छठ पर्वको चहलपहल शुरु भएको ।

श्रद्धा र भक्तीपूर्व मनाइने तराईवासीहरुको महान पर्व छठको नजिकदै जाँदा वीरगन्जमा छठ पूजाको लागि किनेमेल गर्नेहरुको भिडभाड बढेको छ ।

छठका लागि चाहिने आवश्यक माटोको भाडा र बाँसले बनाएका सामाग्रीहरुको विक्रीमा बढी चहलपहल देखिएको छ । गत वर्षभन्दा यस वर्षमा छठका लागि चाहिने माटो र बाँसका समाग्रीहरुको विक्री वितरणमा तीव्र देखिएको छ ।

घण्टाघर चौकमा बाँसका समाग्री विक्री गर्दै गरेका वीरगन्ज अडिअर्वाका अवधेश राउत भन्छन्– ‘यस वर्ष बाँसबाट तयार पारिएको आवश्यक समाग्रीहरुको सन्तोषजनक विक्री भइरहेको छ । गत वर्ष तुलनामा यस वर्ष दोब्बर विक्री भइरहेको छ । गत वर्ष दोमास लागेका कारण छैठा १ सय ५० रुपैयाँमा विक्री हुन्थ्यो । तर यस वर्ष २ सय ५० देखि ३ सय देखि ५० सय रुपैयाँसम्म विक्री भइरहेको छ ।’

यसैगरी छठमा चाहिने नाङ्गलो १ सय ५० देखि २ सय ५०, सानो नाङ्गलो १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँ, सुपली ५० देखि ८० रुपैयाँसम्म विक्री भई रहेको राउतले बताए ।

छठमा गरिने कोशीको मूल्य ४ सय ५० देखि ५ सय ५० रुपैयाँ पर्ने उनले बताए । कोशीको सामाग्रीमा कोशीमा हात्ती, कडा कुडेशर, ढकना, दियो, चौमुख र खपडी अनिवार्य रुपमा राखिने गरिन्छ ।

छठ पर्व नजिकिदै गर्दा वीरगन्जमा माटोबाट तयार पारिएको विभिन्न समाग्रीहरु विक्री वितरण गर्न बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाबाट व्यापारी वीरगन्ज आउनले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्