यी हुन् सबैभन्दा बढी कमाउने बलिउडका हट नायिकहरु



काठमाडौं : बलिउडको व्यापार कैयौं देशमा फलिएको छ । विश्वको आकर्षणको केन्द्र बनेको बलिउड फिल्म नगरीमा हिरोको तुलनामा हिरोइनलाई कम पारिश्रमिक दिने गरिन्छ । यसो हुँदाहुँदै पनि बलिउडमा केही हिरोइन आफ्नो मिहिनेतले करोडपति बन्न सफल भएका छन् । आज हामी बलिउडका सबैभन्दा धनी हिरोइनहरुकोको बारेमा कुरा गछौं ।

ऐश्वर्या राय बच्चन

विश्व सुन्दरी ऐश्वर्या राय बच्चनलाई बलिउडमा सफल र सुन्दर नायिकाको रुपमा लिइन्छ । साथै उनी बलिउडकी सबैभन्दा धनी हिरोइनमा पर्छिन् । एक रिपोर्टका अनुसार ऐश्वर्यासँग ३५ मिलियन डलरको सम्पति छ । उनी अहिले पनि सबैभन्दा ठूलो ब्राण्डसम्म काम गरिरहेकी छन् । उनले हिन्दी, अङ्ग्रेजी, तमिल, तेलगु र बङ्गाली भाषाका ४० भन्दा बढि चलचित्रहरूमा अभिनय गरेकी छन् ।

माधुरी दीक्षित

माधुरी दीक्षित भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेत्री हुन् । ९० को दशकमा बलिउडमा राज गर्ने नायिका दीक्षित पनि बलिउडकी सबैभन्दा धनी हिरोइनमा पर्छिन् । उनीसँग ३५ मिलियन डलरको सम्पति छ । माधुरी आज पनि एउटा फिल्मको ४ करोड पारिश्रमिक लिन्छिन् ।

दीपिका पादुकोण

दीपिका बलिउडमा सबैभन्दा डिमान्ड र महँगी नायिका हुन् । अभिनयमा भित्रिएको छोटो समयमा हिट अभिनेत्रीको सूचीमा नाम लेखाउन सफल उनी पनि बलिउडकी सबैभन्दा धनी हिरोइनमा पर्छिन् । बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका पादुकोणसँग २० मिलयिन डलर सम्पत्ति रहेको बताइन्छ ।

अमिषा पटेल

लामो समयदेखि चलचित्र अभिनयबाट टाढा रहँदै आएकी अमिषालाई पैसाको कुनै कमी छैन । बलिउडमा सबैभन्दा बढेकी हिरोइन भनेर उनलाई भन्ने गरिन्छ । फिल्म ‘कहो ना प्यार है’ बाट आफ्नि फिल्मि करियर शुरु गरेकी बलिउड अभिनेत्री अमिषाको सम्पत्ति ३० मिलियन डलर रहेको बताइन्छ । १ सय २५ फिल्ममा काम गरिसकेकी अमिषाको आफ्नै फिल्म निर्माण कम्पनी छ ।

प्रिति जिन्टा

एक समय कंगाल बन्ने अवस्थामा पुगेकी हिरोइन प्रिती जिन्टा अहिले भने धनी हिरोइनको सूचीमा पर्छिन् । उनको सम्पति ३० मिलयन डलरको नजिक भएको एक रिपोर्टमा जनाइएको छ । उनको आइपिएल टिम पनि छ ।

काजोल देवगन

बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका मध्ये काजोल पनि एक हुन् । उनी फिल्ममा भने कम नै आउने गरेकी छन् । तर सम्पत्तिको मामिलामा भने धेरै नै अगाडि छन् । काजोलसँग १८ मिलियन डलर सम्पति भएको बताइएको छ । पछिल्लो समय बलिउडका सिँघ अजय देवगनसँग विवाहित जीवन बिताइरहेकी छन् ।

प्रियंका चोपडा

प्रियंका बलिउडकी महँगी अभिनेत्री हुन् । बलिउडबाट हलिउडसम्म आफ्नो अभिनयको छाप छोड्ने अभिनेत्रीको सम्पत्ति ५५ करोड डलर रहेको छ ।

सोनाक्षी सिन्हा

सोनाक्षी सबैभन्दा कम समयमा बलिउडमा सफलता हात पार्ने अभिनेत्री हुन् । आफ्नो मिहिनेत र निरन्तरताले उनले बलिउडमा राम्रो स्थान बनाएकी छन् । अहिले उनको १ करोड डलर सम्पत्ति रहेको छ ।

करिश्मा कपूर

९० को दशकको हिट हिरोइन करिश्मा कपुर पछिल्लो समय फिल्मबाट केही टाढा छन् । तर, पनि सम्पतिको मामलामा धनी छिन । उनीसँग १२ मिलयन डलर सम्पति रहेको बताइएको छ ।

सोनम कपुर

सोनम अनिल कपुरकी छोरी हुन् । उनले बलिउडमा केही सुपरहिट चलचित्रसमेत दिएकी छन् । ‘सावरिया’बाट चलचित्र यात्रा थालेकी सोनमका साथमा अहिले १ करोड ५० लाख डलरभन्दा बढी सम्पत्ति छ ।

विपासा वासु

विपासा वासु बलिउडकी सफल अभिनेत्रीमध्येकी एक हुन् । उनी जहिले पनि बोल्ड लुकका कारणले चर्चामा रहने गरेकी छन् । उनका साथमा अहिले १ करोड ५० लाख डलर सम्पत्ति रहेको छ ।

विद्या बालन

पाँच फिल्म फेयर अवार्ड विजेता विद्याले हम पाँच चलचित्रबाट अभिनय करियर शुरु गरेकी हुन् । यो पछि उनले दुई सुपरहिट चलचित्र लगातार दिइन् । उनको साथमा पनि अहिले १ करोड ५० लाख डलर सम्पत्ति छ ।

प्रतिक्रिया दिनुहोस्