बार्सिलोनाको जितमा मेस्सीको गोल



एजेन्सी : बार्सिलोनाले सेल्टा डि भिगोलाई २–० ले पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोनालाई जिताउन औसमाने डेम्वेले र कप्तान लियोनेल मेस्सीले गोल गरे । 

खेलको १०औं मिनेटमा डेम्बेलेको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । ४४औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो ।

त्यसपछि थप गोल हुन नसक्दा बार्सिलोना २–० ले विजयी भएको हो । 

जितपछि बार्सिलोनाको १७ खेलबाट ३७ बनाउँदै लिगको शीर्षस्थानमा छ । एट्लेटिको मड्रिडको समान खेलबाटै ३४ अंक छ । पराजित सेल्टा डि भिगो २१ अंक जोडेर १०औं स्थानमा छ ।

शनिबारै राति भएको खेलमा एन्टोइन ग्रिजम्यानको पेनाल्टी गोलमा एट्लेटिकोले इस्पान्योललाई १–० ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्